राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीहरूलाई राहदानी बनाइदिने भन्दै ३४ हजार घुस लिएको अभियोग आयोगको छ।

करारमा कार्यरत भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि सेवाग्राहीसँग घुस मागेका अभियोगमा आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसार ३४ हजार बिगो जरिवाना कैद सजायको मागदावी गरेको छ।

आयोगले घुस लिनेरदिने कार्यमा संलग्न रहेको भन्दै सुमी धामी (सुमित्रा सापकोटा) विरुद्ध मुद्दा चलाएको छ। सापकोटाले भट्टराईको खातामा रकम जम्मा गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।