काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवाको  व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताउनुभयो । यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको थियो। 

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने भएको छ । सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैँ देखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो।  संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।