मोरङ र झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१२ का २३ बर्षीय शौरभ सोनी रहेका छन्।
शनिबार दिउसो साढे ४ बजे विराटनगर महानगरपालिका -१५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई लागुऔषध ब्राउन सुगर ०.५७ ग्राम सहित पक्राउ गरेको थियो।
त्यसैगरी, पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् ।
शनिबार राती ८ बजे झापाको दमक नगरपालिका-८ स्थित सब्जी लाईनबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर २ ग्राम सहित तामाङलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।