धरानका मेयर हर्क साम्पाङले फिल्म ‘खजुरे ब्रो’ माअतिथि भूमिकामा अभिनय गरेका छन् । साम्पाङको चरित्रको छायाङ्कन सकिएको निर्माण युनिटले जानकारी दिएको छ।
धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले निर्माण भएको फिल्ममा नगर प्रमुखको भूमिका रहेको फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताउनुभयो।
धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने ‘खजुरे ब्रो’पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक फिल्म हो।
दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’ बनेको हो। फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिका रहने छ।
फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाङ्कन रहेको फिल्ममा अनमोल गुरुङको सङ्गीत छ । फिल्मको अहिले धरान आसपासका स्थानमा छायाङ्कन भइरहेको छ ।
दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा सहयोगी इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को छ। फिल्म जेठ महिनामा प्रदर्शन हुनेछ।