वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक धनुषा५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए।
तीव्र गतिमा रहेको मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिनुभयो ।