काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार आयोजना गरेको विरोध प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ पनि परेका छन्।
संघले काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो।प्रदर्शनमा'माइतीघरको निषेधाज्ञा खारेज गर''अभिव्यक्ति स्वतन्त्रता कायम गर'जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए।