क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका केशरमान राई रहेका छन् ।

३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताउनुभयो। सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर–२ घर भएका राईले गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिनुभयो।