सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन् ।

बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरू बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेको बताइन् ।

अध्ययन र अध्यापन र परीक्षा, नतिजा लगायका विषयहरू सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने उनको भनाइ थियो । उनले अनलाइनमाध्यमबाट अघि बढ्न विश्वविद्यालय पनि माथि उठ्ने विश्वास व्यक्त गरिन् ।