मानवसेवा आश्रमले आफुलाई जन्मदिने मातापिताको महत्व महिमाबोध गराउने उदेश्यले मानवता प्रवद्र्धनको महान अभियान अन्तर्गत विराटनगरमा आमा सेमिनार गर्ने पत्रकार सम्मेलन गरेर जनाएको छ ।

विराटनगर–८ हाटखोलास्थित आरोहण गुरुकुलको हलमा शनिबार दिउँसो आश्रमले आमा सेमिनार गर्न लागेको जनाएको छ ।  आश्रमले परिवारको सहयोगबाट वन्चितभएका सडकमा आश्रित मानवको उद्धार तथा सेवाका लागि काम गर्दै आएको छ ।

शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुने आमा सेमिनारमा मोरङ लगायत विभिन्न जिल्लाका चार सय जनाभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

मानवता, राष्ट्रियता, परोपकार तथा प्रेम सद्धभाव तथा करुणालाई जन–जन र मन-मनमा पुयाउने उदेश्यले सेमिनारको आयोजना गर्न लागेको आश्रमका कोषाध्यक्ष होमनाथ तिम्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिए 

IMG20240112102840सो सेमिनारमा मानव सेवाआश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । मुलुकलाई सडक आश्रित मानवमुक्त राष्ट्र निमार्णको परिकल्पनागरि सेवा गरिरहेको आश्रमले यो सेमिनारमा मोरङ जिल्लालाई केन्द्र बनाई काम गर्ने सामाजिक संस्थाआमा समुह राजनितिकदलका जनप्रतिनिधि , प्रदेससभा सदस्य तथा मानव आश्रमका सहयोगीदातालाई सहभागी गराईने तिम्सिनाले बताए ।

विं.स.२०८२ सालसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निमार्ण गर्ने परिकल्पना आश्रमको रहेको छ ।जस अनुसार पर्सा , लमजुङ, हेटौडा , दाङ, नेपालगन्ज तथा बुटवलमा आमा सम्मेलन सम्पन्न भईसकेको भने नेपाल भरि ४५ स्थानमा आमा सम्मेलन गर्ने लक्ष्य रहेको जनाएको छ । सेमिनारमा १४ वर्षमुनिका बालबालिकालाई सहभागी हुन नपाउने जनाइएको छ।