मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गरेर भाग्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार, फारबिसगञ्जका ३५ वर्षीय सन्तोष थापा नाम बताउने व्यक्ति छन् । उनलाई इलामको माई नगरपालिका ३ बाट पक्राउ गरिएको हो।
उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ । उनले पहिचान गर्ने लोकेशन हेर्दा उनी नक्कली आधार कार्डवाला हुनसक्ने अनुमान गरिएको छ ।
भारतको व्यक्ति नेपालका भित्री गाउँहरुमा पुगेर सोझै बास माग्ने र बस्ने संभावना कम हुनसक्छ । उनले परिचय लुकाउन भारतको नक्कली आधार कार्ड बनाएको हुनसक्ने अनुमान प्रहरीको छ ।
इलामको माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा स्थानीय बासिन्दाको पाहुनाका रुपमा बास बसेर नगद, मोटरसाइकल, गहनालगायत धनमाल लुटेको प्रहरीले जनाएको छ ।