मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार राति ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ११ वर्षीय समीर ऋषिदेव रहेको प्रहरीले जनाएको छ। बिहीबार राति ट्याक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेको अवस्थामा समीरलाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको थियो।