विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ। लाल सागर भएर जाने ढुवानी जहाजलाई लक्षित गरेर हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिकारमा अमेरिका र बेलायतले यमनमाथि धावा बोलेपछि शुक्रबार तेलको भाउ २ प्रतिशतले बढेको हो ।

बिहानी कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ २ प्रतिशतले बढेर प्रतिब्यारेल ७८ डलर ९४ सेन्टमा पुगेको छ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि यूएस टेक्सस इन्टरमिडियट ९डब्ल्यूटीआई०को भाउ पनि २ दशमलव १ प्रतिशतले ७३ डलर ५५ सेन्टमा उक्लिएको थियो।