बिहीबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ।
फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पबाट अफगानिस्तानमा भएको क्षतिको विवरण आइसकेको छैन। यद्यपि, भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको जनाएका छन्।
भारतको जम्मु–कश्मिरदेखि दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ। भूकम्पको धक्का महसुस हुनासाथ दिल्लीमा मानिस घरबाट बाहिर निस्किएका थिए।
पाकिस्तानको मौसम विभागले स्थानीय समयअनुसार २:२० बजे भूकम्पको धक्का महसुस भएको जनाएको छ।