उद्योगमन्त्री रमेश रिजालले नेपाल आयल निगमको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल आयल निगमको ५४औं वार्षिकोत्सवमा मन्त्री रिजालले आयल निगमका समस्याहरु समाधान गर्न सबैसँग बसेर विस्तारै समस्या समाधान गर्दै जाने बताए ।

निगमसँग सहकार्य गर्दै आएका र सरोकारवाला निकाय तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अधिकारीहरुले निगम भित्रका समस्याप्रति गुनासो गरेका थिए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले पिएसएफको विषय,सातै प्रदेशमा पेट्रोलपम्प सञ्चालन गर्ने, चार्जिङ स्टेसन सञ्चालन गर्नेलगायत विषयमा भएको समस्या समाधान गर्न ध्यानाकर्षण गराए ।