विराटनगरको ट्राफिक चोकस्थित कर कार्यालय अगाडी ४३ वर्षीय कृष्णकुमार अग्रवाल अटल भष्ट्राचार विरुद्ध ४ बुँदे माग सहित ४१ दिनदेखि शान्तिपूर्ण एकल आन्दोलनमा छन् ।
अग्रवालले दैनिक २ बजेदेखि ४ बजेसम्म चारवटा बुँदा सचेत गराउने योजनासहित आन्दोलन गर्ने दावी गरेका छन् ।
उनले राखेको ब्यानरमा सबै प्रकारका प्रचलित कर खारेज, बैकिङ कारोबारको कर प्रणाली लागु, एकसय माथिका सबै नोटहरु बन्देज र प्राकृतिक सन्तुलन बिग्रने गरि हुने सबै प्रकारका निर्माण लगायतका कार्य बन्द गरिनुपर्ने उल्लेख गरेका छन् ।