जापान,१७ पुस

जापान एयरलाइन्सको विमानमा आगलागी भएको घटनामा  ५ जना वेपत्ता भएका छन् । हनेदा विमानस्थलमा अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर भएको भीषण आगलागीमा ५ जना वेपत्ता भएका हुन् । 

जापानी समाचारमाध्यम टिबिएस र एनएचकेका अनुसार कोस्टगार्डको विमानमा रहेका एक व्यक्ति दुर्घटनापछि भाग्न सफल भए पनि अन्य पाँच जनाको अवस्था अझै अज्ञात रहेको हो । 

जापानी टिबिएस र एनएचकेका अनुसार कोस्टगार्डको विमानमा रहेका एक व्यक्ति दुर्घटनापछि भाग्न सफल भए पनि अन्य पाँच जनाको अवस्था अझै अज्ञात रहेको हो। 

दुर्घटनाको समयमा जापान एयरलाइन्सको विमानमा ३७९ जना यात्रु सवार थिए । जापान एयरलाइन्सको विमानमा रहेका सबैलाई भने सकुसल बाहिर निकालिएको बताइएको छ ।

जापान एयरलाइन्सको फ्लाइट ५१६ ले साप्पोरो शहर नजिकैको न्यू चिटोस विमानस्थलबाट स्थानीय समयअनुसार अपराह्न ४ बजे उडान भरेको थियो ।

वेबसाइट फ्लाइटराडारका अनुसार विमान स्थानीय समयअनुसार साँझ ५ः४७ बजे हानेदा विमानस्थलमा अवतरण गरेको थियो । यो दुर्घटनापछि हानेदा विमानस्थलले तत्कालका लागि सबै रनवे बन्द गरेको छ ।