काठमाडौँ, १७ पुस
काठमाडौँ महानगरपालिकाले कर छुट सम्बन्धी सूचना प्रकाशित गरेको छ । जस अनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ ।
महानगरपालिकाले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन अनुरोध सहित सूचना प्रकाशित गरेको छ ।
जस अनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट गरिएको महानगरपालिकाले जनाएको छ ।