काठमाडौँ, १६ पुस  

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन हुनुभएको छ। जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहनुभएका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो।

यस्तै,महासचिवमा लालकुमार लामा र महिला संयोजकमा विष्णु थापामगरलाई चयन गरेको हो। जेटियुसीसीमा हाल नेपालमा मान्यताप्राप्त १० वटा ट्रेड युनियन महासङ्घ आवद्ध छन्। हरेक एक-एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्दै आएका छन्।