मोरङको बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।बुढीगगङ्गा गाउँपालिकाकाे टंकिसिनवारीमा रहेकाे गाउँ पालिका कै नमुना  नरग्राम माध्यामिक विद्यालयका विद्यार्थीहरुले एक दिने विज्ञान प्रदशर्नी गरेका हुन् ।

वडा नं.१ मा रहेकाे उक्त विद्यालयकै प्राङ्गणमा विद्यार्थीहरुले आफ्न‌ै सीप प्रयाेग गरेर निर्माण गरिएका सामाग्रीहरु प्रदर्शन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाको नमुना स्कुल नरग्रामका  ससाना विद्यार्थीले विभिन्न उपकरण निर्माण गर्नु आफैंमा अत्यन्तै सकारात्मक र प्रशंसनीय कार्य भएको बताए । उनले समाजमा सामुदायिक विद्यालयप्रति मानिसहरुमा रहेको गलत मान्यतालाई विद्यालयका ससाना नानीहरुले गरेको यो आविस्कारजन्य प्रदर्शनीले जबाफ दिएको बताए ।

त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष सोमराज काफ्लेले आफ्नो वडाका विद्यार्थीहरुको प्रतिभालाई अझ प्रोत्साहन गर्न वडा कार्यालय सधैँ तयार रहेको बताए ।

कार्यक्रममा सोही विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले निर्माण गरेका सामाग्रीहरु प्रदर्शन गरेका थिए ।

सो कार्यक्रममा वडा अध्यक्ष  वडा सदस्यहरु, गाउँ पालिकाका शिक्षा शाखाका कर्मचारी ,  गाउँ पालिका भित्र रहेका विभिन्न सामुदायिक र निजि स्कुलका प्रधानाध्यापक साथै विद्यार्थीहरुकाे उपस्थिति रहेको थियो ।