राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन्। 
राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गरे। सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गरेका थिए।