विराटनगर, १० पौष । 
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघियता नै खारेज गर्न आग्रह गरेका छन्  ।
  मंगलबार मोरङको बुढीगंगा गाँउपालिका वडा नं. २ स्थित लिलाभक्त राम आधारभूत विद्यालयको दुई कोठे भवनको उद्घाटन गर्दै वरिष्ठ नेता कोइरालाले अहिलेकै स्वरुपको संघियता आवश्यक नभएको बताउए । उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको स्पष्ट पारे । उनले राजनैतिक दलका नेताहरुको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षता बारे जनताले आक्रोश व्यक्त गरिरहेको बताए ।
वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्योगहरु बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र टं्रक लाइन विवाद बारे छिटो निक्र्र्याैलमा पुग्न आग्रह गरे ।उनले सुविधा दिने अनि अप्ट्यारोमा पार्ने कार्य गर्न नहुने बताए । 
सो कार्यक्रममा विद्यालय निर्माणमा सहयोग गर्ने दाता र सहयोगीहरुलाई वरिष्ठ नेता डा. कोइरालाले दोसल्ला ओडाएर र कदरपत्र सहित सम्मान गरेका थिए । 
बुढीगंगा गाँउपालिका वडा नंं २ मा २०६४ सालमा स्थापना गरिएको सो आधारभूत विद्यालयमा ३ सय दलित र सुुकुम्बासी परिवारका ३ सय ७५ जना बालबालिकाहरु अध्ययनरत छन । बुढीगंगा गाँउपालिकाको करिब १८ लाख सहयोगमा दुई कोठे भवन निर्माण गरिएको हो ।