विराटनगर, ९ पौष । 

सहकारीहरुले शेयर सदस्यको रकम लिएर भागिरहेको गुनासो आईरहेको बेला सरकारी कर्मचारी, उनका परिवार र शिक्षकहरुको सहभागिता रहेको राष्ट्रसेवक बचत तथा सहकारी ऋण सहकारी संस्था लिमिटेडले २५ औं वाषिर्क साधारण सभा सम्पन्न गरेको छ । 

नेपाल निजामती कर्मचारी संगठनको संरक्षकत्वमा संचालित सो सहकारी संस्थामा १ हजार ८ सय २६ जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक वर्ष०७९र८० मा करिब ४ करोड ८ लाख रुपैया आम्दानी गरेको सो सहकारीले करिब ३३ करोड ७३ लाख रुपैया कारोबार गरेको छ । सो सहकारीले आर्थिक वर्ष०८०र८१ मा करिब ४४ करोड ७२ लाख रुपैया बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । 

IMG20231225115613

विराटनगरमा आयोजना गरिएको २५ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष जीवन काफ्लेले सरकारले र्सार्वजनिक, निजी र सहकारी भनेर तीन खम्बे आर्थिक नीति अघि सारेपनि सहकारीलाई कानुन अनुसार नियमन र अनुगमन नगर्दा सहकारीहरु छाडा भएको र गलत क्रियाकलापमा लागेको बताउनु भयो । 

IMG20231225115559

सो कार्यक्रमका वक्ताहरुले सहकारीको मर्म र भावना अनुसार संचालित सहकारीहरुले स्वदेशी पूँजीलाई सदुपयोग गरिरहेको बताएका छन् । सो सहकारीले १० प्रतिशत व्याजमा शिक्षा कर्जा, ११ प्रतिशत व्याजमा कृषि कर्जा र १२ प्रतिशत व्याजमा अन्य कर्जा दिने गरेको छ । 

IMG20231225115617

सो कार्यक्रममा राष्ट्रसेवक सहकारीले स्थापना गरेको १५ हजार ५ सय ५५ रुपैयाको स्व। किशोरी खतिवडा स्मृति पुरस्कार साहित्यकार कुन्ता शर्मालाई प्रदान गरियो । यसैगरी ११ हजार ५ सय ५० राशीको स्व। दधिराम दाहाल स्मृति पुरस्कार रुपनारायण अधिकारी र ११ हजार ५ सय ५५ रुपैया राशीको स्व। हिरण कुमार थापा स्मृति पुरस्कार सहकारीकर्मी नर बहादुर कार्कीलाई प्रदान गरिएको छ  ।

IMG20231225115602