विराटनगर, ३ पौष ।

नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार प्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने बताएका छन्।

 नेकपा एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले कै संविधान अनुसार कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना रहेको बताउदै जनताले नीतिगत र दुरदर्शी नेतृत्व भएको बलियो राष्ट्रिय शक्तिलाई निर्वाचित गराउन विवेक प्रयोग गर्नुपर्ने धारणा राखे। उनले नेपालमा धेरै राजनैतिक दलहरु आवश्यक नभएको बताए ।  महासचिव पोखरेलले सरकार सबै क्षेत्रमा असफल भईसकेको कारण अहिले व्यवस्था विरुद्ध उर्लिएको विरोध सरकारका कारण भएको बताए । 

IMG_20231219_170713

नेकपा एमाले मोरङले आयोजना गरेको सो पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले हिमाल, पहाड र तर्राई मधेस जोड्ने गरी आगामी दिनमा पनि संकल्प यात्राहरु आयोजना गरिने जानकारी दिए ।

IMG_20231219_170905

 एक प्रश्नको जवाफमा महासचिव पोखरेलले कोशी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पुर्‍याएर भएकाले यसबाट एमाले पछि नहट्ने स्पष्ट पार्दै वैधानिक र शान्तिपूर्ण हिसाबले आफ्नो मागहरु जनताबाट अनुमोदन गराएर प्रदेशको नाम फेर्न आग्रह गरे ।

IMG_20231219_170739