विराटनगर, ३० मंसिर । 

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हाम्रो देशमा भ्रष्टाचार चरम रुपमा मौलाउदै गएको र यसमा राजनैतिक दलहरु नै चुर्र्लुम्म डुबेका काण्डहरु र्सार्वजनिक भइरहेको बताएका छन् ।

 विराटनगरमा शनिवार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार र्समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकका सबै क्षेत्रहरु राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताए । उनले एनसेल प्रकरणमा राजनैतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अरबौं रुपैयाका भ्रष्टाचार भएको समेत बताए । 

saman3

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनैतिक दलका नेता र नेतृत्वका कारण व्यवस्था प्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

samman 1

सो कार्यक्रमका प्रमुख अतिथि डा. शेखर कोइरालाले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्दै ५१ हजार राशीको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठलाई र २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । 

saman3