सरसफाई अभियान अन्तर्गत शनिवार विराटनगर महानगरपालिकाको वडा नं. १८ स्थित विराट राजाको दरबार क्षेत्रको सरसफाई गरेको छ ।
विराटनगरमहानगरपालिकाले विराटनगरको धार्मिक र ऐतिहासिक पहिचान बनाएको विराट राजाको दरबार क्षेत्र जिर्णा र फोहोर भएकाले सरसफाई अभियान थालिएकोे जनाएको छ । विराटनगरको दक्षिणी क्षेत्रमा समेत विकास निर्माणको गतिविधिलाई अगाडि बढाउन तथा विराट दरबार क्षेत्रमा पर्यटन विकास गर्न सरसफाई अभियान लगायत अन्य गतिविधिहरु संचालन गरिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । उनले महानगरपालिका भित्र रहेका सवै वडाहरु उत्तिकै महत्व रहेकाले सवै क्षेत्रमा यस्ता अभियान संचालन गरिने बताए । उनले यस क्षेत्रमा धार्मीक पर्यटकीय भित्राउन सकिने भएकाले यस क्षेत्रलाई महत्वका साथ हेरिने बताए ।
विराटनगर महानगरपालिकाले विराट दरबार क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको जिर्णोद्धार गर्न करिब ७० लाख रुपैया बजेट समेत विनियोजन गरेर पुनर्निर्माण कार्य सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाले आयोजना गरेको सरसफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विराटनगर महानगरका कर्मचारीहरु र स्थानीयहरुले सहयोग गरेका थिए ।