केराबारी। जिबन विकास लघुवित्त सस्थाले निःशुल्क बालबालिक अध्ययन केन्द्र उद्घाटन तथा बालबालिकालाई शैशिक सामग्री वितरण गरेको छ। बेलबारी नगरपालिका वडा न १ रहेको सस्थाको साखा कार्यालयले आज एक कार्यक्रम गरि उद्घाटन गरेको छ। केराबारी गाउपालिक वडा न ९ बेलचौरी मा अवस्थित श्री बाल कल्याण आधारभूत बिद्यालयमा निःशुल्क बालबालिक अध्ययन केन्द्र उद्घाटन तथा ५० जना बिद्यार्थीहरुलाई शैशिक सामग्री वितरण वितरण गरेको छ। केरावबारी गा. पा. उप प्रमुख मनमाया मगरको प्रमुख आथितियमा तथा जिबन विकास लघुवित्त वित्तीय संस्था लि.बेलबारी शाखा प्रमुख राज कुमार मंडलको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गर्नका साथै समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका क्रियाकलाप पनि सञ्चालन गरिरहेको छ । सोही क्रियाकलापका रुपमा निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा (ट्युसन पढ्न) नपाएर विद्यालय जान रुचि नगर्ने विपन्न परिवारका बालबालिकाहरु जीवन विकास लघुवित्त संस्था लि. शाखा कार्यालय बेलबारीले संचालन गरेको यस निशुल्क बालबालिका अध्ययन केन्द्रमा अध्ययन गरी गुनस्तरीय शिक्षामा टेवा पुग्ने अपेक्षा गरेको जिबन विकास लघुवित्त वित्तीय संस्था लि.बेलबारी शाखा प्रमुख राज कुमार मंडलले जानकारी दिए ।
कार्यक्रममा विशिष्ठ अथितिजीवन विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्री कार्यालय कटहरी, संस्थागत तथा सामाजिक विकास विभाग प्रमुख विजय कुमार मंडल ,अथितिहरु केराबारी गा. पा. वडा नं. ९ का वडा सदस्य हिमा देवी सुवेदि लिम्बु ,बाल कल्याण आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष गोविन्द तिवारी ,विद्यालय अभिभावक संघका अध्यक्ष योग बहादुर गुरुङ्ग,बिद्यालयका प्रधानाध्यापक गंगा बराल, बेलचौरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम नारायण सुवेदी,आधारभुत स्वस्थ्य केन्द्रका प्रमुख कमल प्रसाद पौडेल लागायत को उपस्थिति रहेको थियो