लैंगिक हिंसा विश्रद्धको १६ दिने अभियान संचालन भइरहेको बेला लैंगिक हिंसा मात्र होइन सबै किसिमको हिंसा न्यूनिकरणका लागि सबैको एकिकृत प्रयास र सहकार्य आवश्यक भएको बताएका छन
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तर्गत मानव अधिकार संजालले विराटनगरमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा उनिहरुले कानुनी रुपमा महिलाहरुलाई विभिन्न अधिकार दिइएपनि अहिले पनि कानुन कार्यान्वयन नगरिदा महिलाहरु नै बढी लैंगिक हिंसामा पर्ने गरेको तथ्यांक प्रस्तुत गरिएका थिए । सहभागिहरुले लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियानलाई वर्षौभरी संचालन गर्नुपर्ने बताएका थिए । उनहिरुले अन्त्य गर्न महिलाहरुलाई समक्ष र सबल बनाउनु पर्ने बताए ।
मानव अधिकार संजाल मोरङले आयोजना गरेको सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायका प्रमुखहरु, अधिकारकर्र्मीहरु, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु, प्रहरीहरु, सरकारी तथा गैरसरकारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।