कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्र्कीले कार्यक्रममा पुरा नवसी आफुहरुको कुरा र माग नसुनेको भन्दै पूर्वका दुध कृषकहरुले कार्यक्रम स्थलमा विरोध गरेका छन । 

विहिवार नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा दुध कृषकहरुको समस्या नै नसुनेर मुख्यमन्त्री कार्र्की कार्यक्रम छोडेर हिडेपछि उनीहरुले विरोध गरेका हुन । विगत ४ महिना देखि दुधको पैसा नपाएको, निजी डेरीहरुले दुधको भाउ घटाएको, चिलिङ भ्याट क्षमता अनुसारको नभएको र पशु विमा गर्न प्रदेश सरकारले सहयोग नगरेको गुनासो दुध कृषकहरुले गरेका छन् । 

मुख्यमन्त्री कार्र्कीले सो कार्यक्रमलाई सम्बोधन गर्न थाले पछि कृषकहरुले आप्mना कुरा नसुनी भाषण गर्न लागेको भन्दै विरोध गरेपछि कार्यक्रम छोडेर मुख्यमन्त्री वाहिरिएका थिए । मुख्यमन्त्री हिडेपछि दुध कृषकहरुले विरोध गर्दै नाराबाजी समेत गरेका थिए । 

dudh (5)

विगत केही महिना देखीनै कोशी प्रदेशको मात्र होइन मुलुकभर कै दुध कृषकहरु अहिले दुध तथा दुग्धजन्य पदार्थ विक्री नभएकोमा चिन्तित भईरहेको बेला प्रदेश सरकारले पनि चासो नलिएको भन्दै दुध कृषकहरु आक्रोशित भएका थिए ।

 सो अन्तक्रिर्या कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव सहित वरिष्ठ कर्मचारीहरु, विराटनगर दुग्ध वितरण आयोजनाका प्रतिनिधि, विभिन्न सहकारीका प्रतिनिधिहरु, दुध कृषकहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।