विराटनगर २२ कार्तिक ।

  कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाली काँग्रेस निकट बुद्धिजीवी पुरञ्जन आचार्य नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगरका आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो राजनीतिक विश्लेषकको रुपमा चिनिने आचार्य नेपाली कांग्रेस आवद्ध छन् । उनले कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे लेख रचना लेख्दै आएका छन् । 

आचार्यले नेपाल रेडक्रस सोसाइटीको प्रोजेक्ट मेनेजरको रुपमा काम गरेका थिए। उनी प्लान इन्टरनेशनलको टिम लिडरसमेत रहेका थिए । उनी काँग्रेसको गत महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

photo (1)niukti