कोशी प्रदेश सभाले ७ वटै संसदीय समिति चयन गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेकी हुन ।

प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्र्की र विना विभागीय मन्त्रीहरु गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार बाहेक सबै सांसदहरु संसदीय समितिमा रहेका छन । तर नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन ।

न्याय प्रशासन तथा विधायन समितिको सदस्यहरुमा अम्बरबहादुर विष्ट,खगेश्वरी पौडेल,गीता तिम्सिना,गोम्बु शेर्पा,भुपेन्द्र राई,रमेशकुमार बस्नेत,रामबहादुर राना मगर,ललिताकुमारी चौधरी,लिलाबल्लभ अधिकारी,विनोद राई,शिला दिक्षित कार्की,होमबहादुर थापा, सुशासन तथा योजना समितिमा इन्दीरा थापा,इन्द्रबहादुर आङ्बो,उद्धब थापा,कमला दर्नाल,नारायणबहादुर मगर,निर्मला लिम्बू,भक्तिप्रसाद सिटौला,भूमिप्रसाद राजवंशी,मालतीकुमारी लिम्बू,मीना श्रेष्ठ,राजेन्द्रकुमार राई,राधाकृष्ण खनाल,लक्कीकुमारी गणेश,लिलाकुमारी राई,हिक्मतकुमार कार्की ,अर्थ समितिमा गोपाल तामाङ,छविलाल चुँडाल,जीवन आचार्य,ज्ञानेन्द्र सुवेदी,तारादेवी ढकाल,बाबुराम गौतम,मानबहादुर लिम्बू,रामकुमार खत्री,रोहितबहादुर कार्की,विजयकुमार राई,विदुर कुमार लिङथेप,सविना बजगाईं,सुनिताकुमारी गुरुङ,

ko


सार्वजनिक लेखा समितिमा किशोरचन्द्र दुलाल,गीतारानी महतो,दुर्गाप्रसाद चापागाईं,पाँचकर्ण राई,प्रदिपकुमार सुनुवार,प्रेमराज थाम्सुहाङ,भीम पराजुली,यशोदा कायस्थ,रेवतीरमण भण्डारी,सदानन्द मण्डल,हिमाल कार्की सामाजिक विकास समितिमा इस्राइल मन्सुरी,गयानन्द मण्डल गनगाई,गीतादेवी रेग्मी,तिलचन पाठक,नम्बरलाल धिमाल,ममता तामाङ मगर,राजन किराती,रामदेव यादव,विद्या चाम्लिङ राई,शोभा चेम्जोङ,सपना दर्जी, र्जिना राई

उद्योग पर्यटन तथा वातावरण समितिमा उमाकान्त गौतम,कमला थापा मगर,खगेनसिं हाङ्गाम,खिनु लङ्वा लिम्बू,जयप्रकाश चौधरी,गोपालबहादुर विश्वकर्मा,निरन राई,निरादेवी खनाल,वुद्धिकुमार राजभण्डारी,मैयाँ श्रेष्ठ,राजेन्द्र कार्की,सुनिता गच्छदार चौधरी,सम्झना तामाङ थाम्सुहाङ,प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा ,अमृतकुमार अर्याल,इन्द्रमणि पराजुली,एकराज कार्की,खड्गबहादुर,बस्नेत,गोविन्द गिरी,डोल्मा तामाङ,तिलकुमार मेन्याङ्बो लिम्बू,निमसरी राजवंशी,नुरशदि बेगम,बन्दना झाँगड,मोहन महर्जनर रामप्रसाद महतो चयन भएकाछन् ।

pradesh sava (2)