विराटनगर स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालू आर्थिक वर्षको पहिलो ४ महिनामा ११ वटा उद्योगहरु विरुद्ध मुद्दा दायर गरेको जनाएको छ । 

विराटनगरमा आयोजित पहिलो त्रैमासिक समिक्षा गोष्ठीमा सो कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण र्सार्वजनिक गरेको थियो । न्यून गुणस्तरका खाद्य  पदार्थ उत्पादन र विक्री वितरण गरेको भन्दै विराटनगर दुग्ध वितरण आयोजना सहित ७ वटा निजी उद्योगहरु विरुद्ध मुद्दा दायर गरेको होे । सो कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले खाद्य पदार्थमा हुने परम्परागत मिसावट भन्दा आधुनिक र प्रविधियुक्त मिसावट बढी जोखिमपूर्ण हुने भएकाले यसलाई रोक्न सरोकारवाला तथा संचारकर्र्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए । 

सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अन्तराष्टिय स्तरको प्रयोगशालाको मान्यता पाएकाले उद्योगी व्यवसायीहरुले विराटनगरबाट निर्यात गर्ने वस्तुको प्रमाणपत्र लिन सकिने जानकारी गराइएको थियो ।


khadye (2)