कटहरी। महिला स्वयंसेविकाहरुलाई काममा सहजता र आवतजावतमा सुविधा पुगोस् भनेर मोरङको कटहरी गाँउपालिकाले साइकल वितरण गरेको छ ।
कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीता देवी राजवंशीले गाँउपालिकामा आयोजित एक कार्यक्रम बीच २७ जना महिला स्वयंसेविका र २९ जना कार्यपालिका र वडा सदस्यहरुलाई साइकल वितरण गरेका हुन । साइकल वितरण गर्दा महिला स्वयंसेविकाहरुलाई काम गर्न सहज हुने र आवतजावतमा सहयोग पुग्ने तथा वडा सदस्यहरुलाई जनताको काम गर्न सजिलो र छिटो हुने भएकाले गाँउ परिषदको निर्णयबाट साइकल वितरण गरिएको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।
कटहरी गाँउपालिकाले करिब ४ लाख ६५ हजार रुपैयाको लागतमा ५६ थान साइकल खरिद गरेको थियो ।