बेलबारी ।संयन्त्र संचार सहकारी सस्था लि बेलबारीबाट संचालित रेडियो बेतना ९। १ ले आज आफ्नो ८औ वार्षिक साधारणसभा गरेको छ । कार्यक्रममा विभिन्न छेत्रका ब्याक्ति हरुलाई सम्मानित गरेको थियो। उत्सब मोरंग छेत्र न १ का संसद दीग बहादुर लिम्बु ले उद्घाटन गर्नु भएको थियो।
सम्मानित हुने ब्याक्तिहरु
बेलबारीका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई रेडियो वेतनाले सम्मान गरेको छ । कार्कीलार्ई रेडियो वेतनाले आफ्नो ८ औ वार्षिक साधारणसभाबाट सम्मान गरेको हो ।
कार्कीलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।
रेडियो वेतनाः साहित्यकार ईरान राई सम्मानित
राईलाई साहित्य क्षेत्रबाट बेलबारी नगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनागदै बेलबारी नगरलाई नै साहित्यको केन्द«विन्दु बनाउन विभ्न्नि संघसस्थाको नेतृत्व गर्न सफल हुनु भएको भन्दै सम्मान गरिएको हो ।
राईलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।
रेडियो वेतनाः लक्ष्मी माध्यमिक विधालय सम्मानित
छोटो समयमा नै बेलबारी नगरपालिकामा उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विधालयलाई विकास गराएको भन्दै रेडियो वेतनाले मंगलबार सम्मान गरेको हो ।
विधालयमा हाल एक हजार एक सय सत्र जना विधार्थीले अध्ययन गरिरहेका छन भने विधालयमा ३७ जना शिक्षक, शिक्षिकाहरु रहेका छन ।
रेडियोले नगर कै एक उत्कृष्ट सामुदायिक विधालय बन्न सफल भएको भन्दै उक्त विधालयलाई सम्मान गरेको हो ।
रेडियो वेतनाः खेलाडी हेमन्त सुवेदी सम्मानित
सुवेदी २०४१ साल देखी कराते विधा मर्फत खेल क्षेत्रमा प्रवेश गरेका थिए । उनले कराते विधामा ब्लाक बेल्ट ३ डनको उपाधि समेत प्राप्त गरिसकेका छन । सुवेदी हाल राष्ट्रिय रेफ्रि तथा मोरङ जिल्लाको प्रथम कोच रहेका छन ।
रेडियो वेतनाः महिला अधिकारकार्मी सिता सुवेदी सम्मानित
समाजका लागि एक अनुकरणिय महिलाको रुपमा आफुलाई स्थापित गर्दै महिलाहरुलाई आफ्नो हकहित तथा अधिकार प्राप्तिका लागि अग्रसर बनाउदै विभिन्न राजनितिक तथा सामाजिक रुपान्तरणका निम्ती विभिन्न समयमा विभिन्न कठिनाईहरुलाई चिर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नगरको गरिमा उच्च पार्न उनले गरेको योगदानको प्रंससा गर्दै सुवेदीलाई रेडियो वेतनाले सम्मान गरेको हो ।
सुवेदी लामो समय देखी महिलाअधिकारकर्मीको रुपमा रहेर बेलबारी नगरपालिकामा विभिन्न सामाजिक कार्यमा सक्रिय छिन ।
रेडियो वेतनाः पत्रकार विक्रम निरौला सम्मानित
सञ्चारकर्ममा उहाँले खेल्नुभएको रचनात्मक भूमिकाको उच्च प्रशंसा गर्दै, पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पुर्याएको योगदानको प्रसंसा गर्दै पत्रकार निरौलालाई रडियो वेतनाले सम्मान गरेको हो ।
निरौला बिबिसी नेपाली सेवाका विराटनगर संवाददाता र उद्घोष पत्रिकाको समाचार सम्पादक हुन । उनलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।
रेडियो वेतनाः समाचार प्रस्तोता करुणा बस्नेत सम्मानित
रेडियोमा उतकृष्ट समाचार वाचन गरेको भन्दै बस्नेतलाई रडियो वेतनाले सम्मान गरेको हो । रेडियो वेतनामा बस्नेत विगत ७ वर्ष देखी कार्यारत छिन । रेडियो वेतनाले आफ्नै उत्पादनमा समाचार प्रसारण गर्दै आईरहेको छ ।
बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।
रेडियो वेतनाः लक्ष्मी सामुदायिक वन सम्मानित
समाजमा पुर्याएको योगदानको पसंसा गर्दै रेडियो वेतनाले उतm सामुदायिक वनलाई सममानपत्रले सम्मान गरेको हो । वन संरक्षण, रोजगारी सृजना, वृक्षरोपण जस्ता कार्य गर्दै राष्ट्रिय पुरस्कारहरु समेत प्राप्त गरि बेलबारी नगरको गरिमा उच्च बनाएको भन्दै वनलाई सम्मान गरिएको हो ।
२०५८ साल मा स्थापना भएको उतm वनले वन तथा वातावरणको संरक्षण साथै उपभोतmलाई काठ दाउराको व्यवस्थापन गदै आइरहेको छ ।
रेडियो वेतनाः बेलबारी जेसिज सम्मानित
छोटो समयमा युवाहरुको क्षमता विकास गर्दै सामाजिक कार्यमा सक्रिय रहि बेलबारी नगरपालिकाको एक मात्र उत्कृष्ट सामाजिक सस्था बन्न सफल भएको भन्दै मंगलबार बेलबारी जेसिज सम्मानित भएको हो ।
२०७२ सालमा सामाजिक कार्य गर्ने उद्धेश्यले बेलबारीमा जेसिजको स्थापना भएको थियो । बेलबारीको पहिचान र आर्थिक विकासमा बेलबारी जेसिजले महत्वपुर्ण योगदान पुर्याउदै आएको छ ।