बिबेक मिश्र। उद्योग बाणिज्य संघ बेलबारीको पहिलो साधारणसभा हुने भएको छ । आउदो बैशाख २३ गते साधारण सभा हुने भएको हो ।
संघका अध्यक्ष तथा बेलबारी वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा बुधबार बसेको बैठकले संघको साधारणसभाको मिति तोकेको हो ।
बैठकले आगामी २०८० साल वैशाख २३ गते साधारणसभाको मिति तोकेको हो । बेलबारी ब्यापार प्रबन्ध समितिको नाममा सञ्चालित समिति २०७६ साल चैत्रमा उद्योग बाणिज्य संघ बेलबारीमा रुपान्तरण भएको थियो । १० बर्ष अघि तत्कालीन बेलबारी ब्यापार प्रबन्ध समिति रहेकै बेलामा साधारणसभा भएपश्चात अहिलेसम्म संघको साधारणसभा हुन सकेको थिएन ।
आगामी चैत्र १५ गतेसम्म ब्यबसायीहरुले आफनो फर्म संघमा दर्ता गर्न र दर्ताका लागि स्थायी लेखा नम्बर अनिबार्य राख्न अनुरोध गर्ने निर्णय भएको संघका महासचिब बिवेक मिश्रले जानकारी दिए । उनका अनुसार संघका हाल बेलबारीका ७ सयको हाराहारीमा ब्यबसायीहरु आबद्ध रहेका छन । समयमा साधारणसभा नहुँदा र ब्यबसायीहरुको पिरमार्का नबुझेको भन्दै ब्यबासीहरुले नै संघको चर्को आलोचना गर्दै आएका छन् ।