सुनसरी ।  सुनसरीको दुहबीमा दुई वटा केबल नेटको बिधुत लाइन काटिएको छ । नेपाल बिधुत प्राधिकरण दुहबी वितरण केन्द्रको  बिधुत पोल भाडा आर्थिक वर्ष २०७५र०७६ देखि  २०७८र०७९ बक्यौता नतिरेको भन्दै दुई वटा केबल नेटको लाइन काटिएको हो ।  लाइन काटिएसँगै भायोनेट कम्युनिकेसन र सुविसु नेटले रकम तिर्ने प्रतिबद्धता जनाएको छ । 

लाइन काटिएकाले भायानेट कम्युनिकेसनले  ९६ हजार ७२८ रुपियाँ र सुविसु नेटले तीन लाख २३ हजार १८० रुपियाँ बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएको नेपाल बिद्धुत प्राधिकरण दुहबी वितरण केन्द्रले जनाएको छ ।लाइन नकाटी बेवास्ता गर्दै आएको भायानेट कम्युनिकेसन र सुविसु नेटलाई लाइन काटेसँगै समर्पक आएको र दुई दिनभित्र बक्यौता रकम तिर्ने सम्झौता गरेको र प्रतिबद्धता जनाएको नेपाल  बिद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिनुभयो ।त्यस्तै, क्लासिक टेकलाई समेत वार्निग दिएको बक्यौता नतिरे उसको  बिधुत लाइन काटिने  बिधुत प्राधिकरण दुहबी वितरण केन्द्रले जानकारी दिएको छ ।  

स्रोत रेडियो नेपाल