सिन्धुलीमा लोहोरो प्रहारबाट एकजनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका–१०, डाँडाटोलमा श्रीमान्‌ले ढुंगाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

आज बिहान १ बजेको समयमा सामान्य विवाद हुँदा ४२ वर्षीय मनोज कार्कीले श्रीमती ४० वर्षीया सानुकुमारी कार्कीलाई ढुंगाको लोहोरोले टाउकोमा प्रहार गरेका थिए। लोहोरो प्रहारबाट सानुकुमारीको मृत्यु भएको हो।

घटनामा संलग्न मनोजलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।