राष्ट्रिय कर दिवसका अवसरमा सरकारले भाटभटेनी सुपरमार्केट प्रालिलाई सम्मान गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीकी सञ्चालक सावित्री गुरुङलाई सम्मान प्रदान गरेका हुन्।
गत वर्षको जेनजी प्रदर्शनका क्रममा दर्जनौँ स्टोरमा आगजनी र लुटपाट हुँदा पनि भाटभटेनीले उत्कृष्ट व्यवसाय गरेको भन्दै यो सम्मान दिइएको हो।
क्षतिग्रस्त अधिकांश स्टोरहरू पुनः सञ्चालनमा ल्याएको भाटभटेनीले यस वर्ष पनि एक अर्बभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर बुझाएको छ। यसअघि पनि वस्तु तथा व्यापारतर्फ सबैभन्दा बढी कर तिरेबापत भाटभटेनी निरन्तर सम्मानित हुँदै आएको थियो।












