नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। 

राष्ट्रिय सभागृहमा केही समय अघि उनले उम्मेदवारी दर्ता गरेका हुन्। यतिबेला नेताहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन्। 

केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ः०० बजेसम्म तोकिएको छ।