धनुषामा बालुवा गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ।
बिहीबार बिहान मिथिला नगरपालिका-३ लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उधोगमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिफर अनलोड गर्ने क्रममा पल्टिँदा क्रसर सञ्चालक स्थानीय ३६ वर्षीय हरि महत्तोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालुवा–गिट्टीले महतो पुरिएकोमा सोही उद्योगभित्र रहेको जेसीबीबाट उद्धार गरी तत्काल उपचारका लागि जानकी मेडिकल कलेज रमदैयाँ ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, टिपर चालक गणेशमान चारनाथ नगरपालिका-६ गोदार बस्ने ३० वर्षीय हरि बहादुर बिकको खुट्टामा चोट लागेको र अवस्थ सामान्य रहेको प्रहरीले जनाएका छन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो।












