नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बेलबारी नगर समितिको उपसभापति (महिला) पदमा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन्।

सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय श्रेष्ठले ‘समृद्ध बेलबारी, स्वावलम्बी महिला’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेकी हुन्। उनले नगरको विकाससँगै पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले आफ्ना पाँचबुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन्।

श्रेष्ठले महिला हक, अधिकार र सशक्तीकरणका विषयलाई प्राथमिकतामा राख्ने बताएकी छन्। यस्तै, नगरको समग्र विकासमा महिला, युवा तथा विभिन्न समुदायको सहभागिता बढाउने, शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा महिलाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएकी छन्।

स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्दै जनताका आवाजलाई प्राथमिकतामा राख्ने तथा नेपाली कांग्रेसको विचार र सिद्धान्तअनुसार संगठनलाई थप सुदृढ बनाउने उनको प्रतिबद्धता छ।

श्रेष्ठले कांग्रेस नेता गगन थापाले अघि सारेको ‘समृद्ध नेपाल र बलियो कांग्रेस’को अवधारणालाई आत्मसात् गर्दै आफूलाई अवसर दिन नगरका कांग्रेस प्रतिनिधिहरूसँग आग्रह गरेकी छन्।

महिला नेतृत्वलाई थप स्थापित गर्दै बेलबारी नगरको विकास र पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको श्रेष्ठले बताएकी छन्।

श्रेष्ठसंगै बेलबारी-५ कि  रामकुमारी रोक्का र बेलबारी-७ कि  सिर्जना राईको पनि उमेद्वारी दिएका छन्।