काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले आगो लगाएका हुन्। 

प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ। यात्रुहरू नभएको अवस्थामा चालक लामा गाडीभित्रै बसेर आगो लगाएपछि बस ह्वारह्वार्ती बलेको थियो। आगलागी लगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो। 

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।