नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवादलाई अघि बढाउन माग गरेका छन्।
शुक्रबार २४ केन्द्रीय नेताहरूले सामूहिक अपिल जारी गर्दै संस्थापन र असन्तुष्ट समूहबाट आएको कार्यतालिका स्थगन गर्नुपर्ने माग गरेका छन्।
पूर्वसहमहामन्त्री डिना उपाध्याय‚ गण्डकी प्रदेशका पूर्वमुख्य मन्त्री सुरेन्द्र पाण्डेलगायतले विज्ञप्ति जारी गर्दै पार्टीको असन्तुष्टि हटाउन र संवाद गर्न सभापति गगन थापासमक्ष अनुरोध गरेका हुन्।
सभापति गगन थापालाई नै अगाडि राखेर उनीहरूले सबै नेताले अहङ्कार र व्यक्तिगत स्वार्थ त्यागी पार्टीको वृहत् हितलाई केन्द्रमा राखेर विवादको तत्काल निकास खोज्न, संवाद, सहमति र सहकार्यका माध्यमबाट पार्टीभित्रको विवाद समाधान गर्दै सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्न माग गरेका छन्।












