राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौ जनालाई मनोनीत गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो।

जसमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव छन्। त्यस्तै, मनोहर प्रधान, भक्तबहादुर राई, बशुमाया तामाङ र सुरेन्द्र चौधरी केन्द्रीय सदस्य बनेका हुन्।