प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले जनकवि श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले लेखेका छन्,‘जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्। उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ।हार्दिक श्रद्धाञ्जली !’
९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। श्रेष्ठ पछिल्लो ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए।
उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।












