नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच लुम्बिनी प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा सहकार्य गर्ने दुई बुँदे सहमति भएको छ।

बुधबार तीन दलका शीर्ष नेताबिच भएको छलफलपछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गर्नुभएको छ।

prachanda_1