मोरङको लेटाङ नगरपालिका–२ बुधबारेस्थित भित्री सडकखण्डमा म्याजिकले सिटी सफारीलाई ठक्कर दिँदा घाइते भएकी ८३ वर्षीया कौशिला देवी खतिवडाको मृत्यु भएको छ।
साउन २५ गते बिहान करिब १०ः३० बजे बेलबारीबाट लेटाङतर्फ जाँदै गरेको मे.१ च २२८२ नम्बरको म्याजिकले बाटो क्रस गर्दै गरेको प्र.१–०२–००४ ह ७८८० नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा सिटी सफारीमा सवार लेटाङ नगरपालिका–२ निवासी खतिवडाको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते खतिवडाको विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचार भइरहेको थियो। चिकित्सकको सल्लाहअनुसार साउन २६ गते उनलाई घर ल्याइएकोमा साउन २७ गते बिहान करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न म्याजिक चालक लेटाङ नगरपालिका–३ निवासी करिब ५० वर्षीय दिलकुमार राईलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ।












