जाजरकोट जिल्लाको काल्सेनी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ०९ः०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रविन्दु भएर पनि भूकम्प गएको थियो। गत साउन १८ गते बिहान ०३ः०७ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।












