परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार भट्टराईलाई पक्राउ गरेको हो। उनीलाई राहदानी ऐनको कसुरमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर राणाले जानकारी दिए।

सीआईका अनुसार, २०६८ सालमा उनी शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमति दिएर आर्थिक लाभ लिएको खुलेको थियो।

पक्राउ परेका भट्टराईलाई सोमबार नै अदालत उपस्थित गराउने तयारी भएको एसएसपी राणाको भनाइ छ।