सुनसरीमा भएको घटनापछि तनावग्रस्त सिराहामा अज्ञात समूहले दुई वटा ठेलामा आगजनी गरेको छ।
सिरहाको सुखीपुर नगरपालिका–७ बल्ही चोक क्षेत्रमा गाउँ–गाउँ र टोल–टोलमा स्टिलका भाँडाकुँडा तथा सोनपापडी बेच्दै हिँडेका दुई वटा ठेलामाथि शुक्रबार दिउँसो तोडफोड तथा आगजनी भएको हो।
किन र कसले आगजनी गरेको भन्ने खुलेको छैन। सिराहामा बिहीबार प्रदर्शनको क्रममा गोली चल्दा एक बालकको मृत्यु भएपछि त्यसविरुद्ध प्रदर्शनका घटना भइरहेका छन्। प्रदर्शनमै सहभागीले आगजनी गरेर भागेको आशंका गरिएको छ। घटनास्थलमा नेपाली प्रहरी पुगेर अनुसन्धान थालेको छ।




















