चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौँ आइपुगेकी छन्।

आज (शुक्रवार) देखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन्।

दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकले जनाएको छ। सो कार्यक्रममा चर्चित अभिनेत्री मनीषा कोइराला पनि सहभागी हुनेछिन्।

सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन्।